Logo
Logo

९ दिनमै सबै संसदीय समिति गठन


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको नौ दिनमै सबै संसदीय समिति गठन भएका छन्।

संघीय संसद्अन्तर्गत १६ वटा विषयगत समिति रहेका छन् भने राष्ट्रिय सभाअन्तर्गत चार वटा विषयगत समिति छन्। राष्ट्रिय सभाका ती समिति यसअघि नै गठन भइसकेका थिए।

प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने बाँकी दुई वटा संयुक्त समिति हुन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो, जसलाई सभाले स्वीकृत गरेको छ।

यसैगरी, संसदीय सुनुवाइ समिति पनि शुक्रबार नै गठन गरिएको छ। उक्त समितिका सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भीष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखजंग कार्की र वर्षमान पुन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्