
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।
भेटमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषय जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।










