
काठमाडौं । भारतीय प्रख्यात गायिका आशा भोसलेको निधन भएको छ । शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको ९२ वर्षको उमेरमा आज निधन भएको हो ।
हृदयघात र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी विगत केही महिनादेखि अस्वस्थ थिइन् । उनका छोरा आनन्दले आइतबार दिउँसो यो खबरको पुष्टि गरेका छन् । उनको अन्तिम संस्कार भोलि गरिनेछ ।










