काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा थालेको छ । कांग्रेसले दाङमा निर्वाचन समीक्षा थालेको हो । निर्वाचन समीक्षाका लागि पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल,सहमहामन्त्री योगेन्द्र चौधरी डिला संग्रौलासहितका नेताहरू दाङ पुगेका छन् ।

कार्यक्रममा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति सबै, १२ जिल्लाका सभापति, पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलगायतका नेताहरू सहभागी भएका छन् ।
कांग्रेसले निर्वाचन समीक्षासँगै ‘अबको कांग्रेस’ विषयक अन्तर संवाद गर्ने छ । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पार्टीभित्रकै उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै कपिलवस्तु, पाल्पा, नवलपरासीलगायतका जिल्लामा दर्जनौँ नेताहरूलाई कारबाही गरेको छ । उम्मेदवारहरूले कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पराजय भोग्नुका कारण आन्तरिक तथा बाह्य दुवै रहेको औँल्याएका छन् ।










