Logo
Logo

राप्रपामा राजेन्द्र लिङ्देनको विकल्प खोज्‍न माग


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा महाधिवेशन गर्ने माग भइरहेको छ  । पार्टीले प्रतिनिधि सभा निर्वाचनमा भोगेको हारको समीक्षा नेतृत्वले नगरेको भन्दै पार्टीका महामन्त्रीसहितका ११ जनाले पार्टी महाधिवेशनको आह्वान गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले विकल्प खोज्‍नुपर्ने माग गरेका छन् ।  

The current image has no alternative text. The file name is: raparpa.jpg

विभिन्न तीन बुँदे माग गर्दै उनीहरूले एकहप्‍ताभित्र महाभिवेशनको मिति तय गर्नुपर्ने माग राखेका छन् । 

सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने तथा व्यापक सुधारको उद्देश्य लिएर एकता महाधिवेशनपछि राप्रपाको आदर्श विधान र अनुशासन विपरीत भएका काम कारबाही न्यायसङ्गत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेश गर्न एक छानबिन समिति गठन गर्ने निर्णय ११ जनाको बैठकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्