Logo
Logo

इरानले भन्यो-होर्मुज हाम्रो नियन्त्रणमा छ, कर तिरेर तेल लैजानु


2k
Shares

काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण रहेको बताएको छ । अमेरिका र इरानबीचको वार्तापछि इरानका उप-संसद् सभामुख हाजी बाबेईले होर्मुज पूर्ण रूपमा इरानको नियन्त्रणमा रहेको  दाबी गरेका हुन् । 

उनले तेहरानको लागि होर्मुज ‘रेड जोन’ रहेको बताए । उनले होर्मुजको बाटोबाट जाने जहाजहरूले कर तिर्न भनेका छन् । उनले उक्त बाटोबाट तेल लैजान इरानी मुद्रा या रियालमा कर तिर्नुपर्ने बताए ।

यस्तै, इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी पक्ष इरानी प्रतिनिधिहरूको विश्वास जित्न असफल भएको बताएका छन् ।

वार्ता सुरु हुनुभन्दा पहिले इरानसँग इच्छाशक्ति र मनसाय दुवै रहेको स्पष्ट पार्दै उनले अमेरिकाले अनिश्चित बनाएको आरोप लगाए । गालिबाफले यी वार्ताहरू सम्भव बनाएकोमा पाकिस्तानलाई धन्यवाद दिए । 

प्रतिक्रिया दिनुहोस्