काठमाडौं । सुदूरपश्चिम प्रदेशले जारी पीएम कपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ५६ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लब ३५.१ ओभरमा आल आउट हुँदै १३५ रन बनाएको थियो ।
नेपाल पुलिस क्लबका लागि गुलशन झाले सर्वाधिक ५० रन बनाए भने दिलसाद आली र आरिफ सेखले १९-१९ रन बनायेअका थिए । त्यस्तै सुदूरपश्चिमका बलर हेमन्त धामी र शेर मल्लले ३-३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४०-४ ओभरमा अल आउट हुँदै १९१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले ८२ रन बनाएका थिए भने खडक बोहोराले २२ रन बनाएका थिए । त्यसैगरी पुलिस क्लबका बलर दिनेश खरेलले ४ र सागर ढकालले ३ तथा कुशल भुर्तेलले २ विकेट लिएका थिए ।
यो जितपछि समूह चरणमा सुदूरपश्चिमको ९ खेलमा १२ अङ्क भएको छ र हाल दोस्रो स्थानमा छ । सुदूरपश्चिम अर्को वर्ष हुने जय ट्रफीका लागि छनौट भए पनि पीएमको फाइनलमा पुग्ने नपुग्ने अब अन्य खेलको नतिजाबाट स्पष्ट हुने छ । त्यस्तै पुलिस क्लबको भने ८ खेलमा ९ अङ्क रहेको छ र हाल तेस्रो स्थानमा छ ।










