Logo
Logo

ओलीको सोमबार नै पित्तथैलीको शल्यक्रिया गर्ने तयारी 


945
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ ।

The current image has no alternative text. The file name is: 1000117264-scaled-e1770209792882.jpg

शुक्रवारसम्म सबै जाँच गर्दा रिपोर्टहरू नर्मल देखिएकाले सोमबारका लागि शल्यक्रिया गर्ने गरी तयारी गरिएको जनाइएको छ । 

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा।सुवास आचार्यले पूर्व प्रधानमन्त्री ओलीको पित्त थैलीको शल्यक्रियाका लागि तयारी भइरहेको भन्दै सोमबारसम्म स्वास्थ्यमा कुनै उत्तारचढाव नआए सोही मितिमा गरिने बताएका हुन् । 

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना भएका थिए । तर उनलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भए पनि उनी त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्