Logo
Logo

आज दुई संसदीय समितिको बैठक बस्दै


630
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने विकास समितिको बैठकमा समितिको बार्षिक कार्ययोजनाको बारेमा छलफल हुने छ । त्यस्तै यस समितिको सभापतिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

यता दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुने समितिले जानकारी दिएको छ । समितिको सभापतिमा हालै पूजा चौधरी निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्