
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश लंका बनिसकेको भन्दै कटाक्ष गरेका छन् । उनले डाँडाभरि लाली गुरास फुलेजस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै सुनको विवरणमा कटाक्ष गरेका हुन् ।
उनले भनेका छन्, ‘समृद्धि आएछ, सुशासन त्यहीँबाट आरम्भ हुन्छ ।’ उनले जहाँ कंगाल, त्यहीँ चण्डाल भन्ने अवस्था देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो फेसबुक स्ट्याटसलाई पनि कटाक्ष गरेका छन् ।
उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भो । देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ । समृद्धि आएछ– सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ । म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ–झिक्कै झिक्कै मया तम्लाई !’
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री बालेन शाह लगायत नयाँ सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो । जसमा प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरुको सम्पत्तिमा सुन सबैभन्दा बढी रहेको पाइएको थियो ।










