Logo
Logo

ओलीलाई अपरेसन थिएटरमा लगियो


819
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज गरिँदै छ । चैत १४ गतेदेखि महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको पित्तथैलीको अपरेसन गर्न लागिएको हो ।

अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसयाराले ओलीलाई अपरेसन थिएटरमा लगिसकिएको जानकारी दिए ।
डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्यक्रिया गरेर उनको पित्तथैलीको पत्थरी निकाल्ने छ । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा छ ।

यसबाहेक ओलीको स्वास्थ्य सामान्य रहेको अस्पतालका चिकित्सकले बताएका छन् । गत भदौमा भएको जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री ओली चैत १४ देखि नै त्रिवि शिक्षण अस्पतालमा छन् ।

चैत २६ गते हाजिरी जमानीमा उनी प्रहरीको नियन्त्रणबाट रिहा भए पनि शल्यक्रियाका लागि अस्पतालमै बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्