Logo
Logo

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, संसदीय दलको नेता चयनबारे छलफल हुने


693
Shares

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको । बैठक वैशाख २ गते पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेगरी बोलाइएको हो । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।

The current image has no alternative text. The file name is: Congress_91767856316.jpg

संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी लगायत आकाङ्क्षी छन् । कतिपयले नयाँ पुस्ताबाट संसदीय दलको नेता चयन हुनुपर्ने भन्दै निस्कल राईको नाम पनि अघि सारेका छन् । शीर्ष तहका नेताहरूले सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने गरी छलफल भइरहेको छ ।

बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, एक महिने ‘जरामा जाऔँ अभियान’ लगायतमा पनि छलफल हुने जानकारी गराइएको छ । नयाँ वर्षको पहिलो दिनदेखि कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ । भोलि देखि नेताहरू खटाएर देशभर जरामा जाऔँ अभियान सुरु गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्