Logo
Logo

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमान


252
Shares

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत एपीएफका ओपनर आसिफ शेखले दोहोरो शतकको दुर्लभ कीर्तिमान राखेका छन् ।

नारायणी क्रिकेट मैदान वीरगञ्जमा जारी खेलमा उनले मधेश प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् । यसअघि कुनै पनि खेलाडीले दोहोरो शतक बनाउन सकेका छैनन् ।

१४२ बल खेलेका उनी २०८ रनमा रिटायर्ड हर्ट भए । उनले आफ्नो इनिङ्समा १५ चौका र १७ छक्का प्रहार गरे । उनको दोहोरो शतकको मद्दतमा एपीएफले मधेशलाई ३९१ रनको लक्ष्य दिएको छ । जुन एक कीर्तिमान हो ।

यसै संस्करणमा पुलिसले एपीएफविरुद्ध ३५५ रनको योगफल बनाएको थियो । एपीएफले उक्त कीर्तिमान तोडेको हो ।

प्रतिक्रिया दिनुहोस्