Logo
Logo

क्रियाशील सदस्यता कसैले खारेज गर्न सक्दैन : पूर्णबहादुर खड्का


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी महाधिवेशनले वैधानिक व्यवस्था बाहेक अन्य कुनै पनि तरिकाले क्रियाशील सदस्यता कसैले पनि खारेज गर्न नसक्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: khadka.gif

कार्यवाहक सभापतिको हैसियतमा सोमबार विज्ञप्ति जारी गर्दै खड्काले नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको उल्लेख गरेका छन् । 

खड्काले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु वदनियतपूर्ण भएको बताए । 

खड्काले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा सम्पन्न हुनेगरी १५ औँ महाधिवेशनको कार्यतालिका सम्पन्न भइसकेको अवस्थामा सोही महाधिवेशनको कार्यतालिकाको समय सीमा भित्र रही नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यता खारेज भयो अब फेरि अद्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भन्नु गलत भएको बताएका छन् । 

महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभनिएको प्रष्टीकरण दिएका थिए ।  केही दिनअघि कांग्रेसले पुराना क्रियाशील सदस्य खारेज गर्ने र नयाँ बनाउने विषय बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्