Logo
Logo

वर्षको अन्तिम कारोबार दिन घटेर बन्द भयो नेप्से  


378
Shares

काठमाडौं । २०८२ सालको अन्तिम कारोबार दिन नेप्से सूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक सामान्य अङ्क घटेको हो ।  पछिल्ला कारोबार दिनमा सुस्त भएको बजारले निरन्तरता दिँदै २०८२ सालको अन्तिम कारोबार दिन सामान्य अङ्कले नकारात्मक भएर बन्द भएको छ ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

सोमबार नेप्से परिसूचक ४.१८ अङ्क घटेर २८३३.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ र सेन्सेटिभ इण्डेक्स ०.४१ अङ्क घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज मेन्छियाम हाईड्रोपावर कम्पनीको सेयर मूल्य ९.०१ प्रतिशत बढेको छ । सोमबारको बजारमा कारोबारमा आएको युनिक नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.६० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९३ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर डेभलपमेन्टको ४९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको ४५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । होटल तथा टुरिजम उपसमूहको परिसूचक १.०२ प्रतिशत बढेको छ । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन म्यूचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.६२ प्रतिशतभन्दा बढी घटेको छ। व्यपार, जीवन बीमा, वित्त, विकास बैङ्क र बैकिङ उपसमूहको परिसूचक सामान्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्