Logo
Logo

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा सत्तापक्ष उदार हुन सकेन : ऐन महर


882
Shares

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभा सञ्चालनका लागि आवश्यक  नियमावली पुनरावलोकन गरिरहेको छ ।

The current image has no alternative text. The file name is: mahar.jpg

 सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा गठित समितिले कार्यसम्पादन गरिरहेको भएपनि समितिभित्र सहमतिको वातावरण बन्न नसकेको मस्यौदा समितिका सदस्य एवं नेकपा (एमाले)का सांसद ऐन महरले बताएका छन् । उनले संसद् र सरकारलाई लोकतान्त्रिक, पारदर्शी र जनउत्तरदायी बनाउनेगरी नियमावली पुनरावलोकन भइरहेको बताए ।

यद्यपि नियमावली निर्माण प्रक्रिया प्रारम्भ हुँदा सत्ता र प्रतिपक्ष दुवैले सर्वसम्मतिका आधारमा अगाडि बढ्ने पूर्वसहमतिअनुसार सत्तापक्ष उदार हुन नसकेको उनको आरोप छ । उनले  सरकार र संसदलाई जनता र मुलुकप्रति थप उत्तरदायी बनाउने आफूहरूको विचार भएपनि सत्तापक्षले  बुहमतको अहङ्कार र दम्भ प्रस्तुत गरिरहेको आरोप लगाए । प्रतिनिधि सभा नियमावलीको ५० प्रतिशतभन्दा बढी विषयमा सहमति जुटिसकेको महरले बताए । 

सहमतिमा पुग्न नसकेका विषयलाई तत्कालको लागि थाती राखेर अघि बढिरहेको महरको भनाइ छ ।  उनले भने, ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा छलफल भइरहेको छ । हामीले संसदलाई बढी जनउत्तरदायी, पारदर्शी र लोकतान्त्रिक बनाउने प्रयास गरिरहेका छौं । सुरुमा सत्तापक्ष पनि सर्वसम्मतिमा जान तयार देखिएको थियो, तर अहिले छलफलको पाँचौं दिनसम्म उनीहरूले संख्यात्मक बहुमत र अहङ्कार देखाएका छन् ।’ नियमावलीको करिब आधा विषयमा सहमति भइसकेको छ, बाँकीमा २०७९ को नियमावलीमा टेकेर छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्