Logo
Logo

राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु : पूर्वराजा ज्ञानेन्द्र


63
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको बताएका छन् ।

The current image has no alternative text. The file name is: king.jpg

नयाँ वर्ष २०८३को अवसरमा शुभकामना सन्देश दिँदै शाहले राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवापिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन् ।  

शाहले पढे लेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यद्यपि, सधैँ विकल्पको खोजीमा लागेर देश प्रयोगशाला बन्न पुगेको उनले गुनासो गरे ।  

भिडियो सन्देशमा उनले भनेका छन्, ‘राजनीतिक राज्यपद्दति र शासनप्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौँ, तर कोरा परिवर्तन मात्र भयो । दलदलको खलबलमा धेरै दुगुर्‍यौँ तर राष्ट्रको श्रीवृद्धीमा हामी निकै पछि पर्‍यौँ । सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै हामी लाग्यौँ । फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै भयो । स्थिरता, निरन्तरता र दृढता कताकता हराएर गयो । विधि, पद्दति, व्यक्ति बदलेर मात्र समग्र स्थिति राम्रो बन्ने रहनेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।’

प्रतिक्रिया दिनुहोस्