काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मौरिससबाट स्वदेश फर्किएका छन् । इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौँ पश्चिमी हिन्द महासागर सम्मेलनमा नेपालको तर्फबाट भाग लिएर मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस स्थलमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सरकारले तयारी पुआ गरेपछि हुने जानकारी दिएका छन् ।
उनी गत विहिबार मौरिसस प्रस्थान गरेका थिए । मन्त्री खनालले नवौँ हिन्द महासागर सम्मेलनलाई शनिवार सम्बोधन गरेका थिए भने भारत, बंगलादेश, भुटान, सिंगापुर, मौरिससका समकक्षीसँग भेटवार्ता गरेका थिए ।










