काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभा तर्फबाट सदस्यहरूको मनोनयन गरिएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीअनुसार उक्त समितिमा रहने सदस्यको मनोनयन गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संसदीय सुनवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल रहेका छन् । यस्तै, अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र डा अञ्जान शाक्य रहेका छन् । यी दुवै समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सदस्यहरू मनोनयन हुने प्रावधान छ ।










