Logo
Logo

भारतसँग बढ्यो संवाद, विदेश सचिव आगामी साता नेपाल आउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ मंसिर।
कालापानी सीमा विवादका कारण ठप्प बनेको नेपाल–भारतबीचको संवाद सुचारु हुन थालेको छ ।

भारतीय विदेशसचिव हर्षबद्र्धन शृङन्ग्ला आगामी साता नेपाल आउने भएका छन् । भारतीय सेना प्रमुख, गुप्तचर प्रमुख लगत्तै विदेश सचिव नेपाल आउन लागेका हुन् ।
११ गते आउने उनी १२ गते फर्कनेछन् । भ्रमणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट्ने भएका छन् । उनी पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्