Logo
Logo

नयाँ वर्षले सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै सबैको सुस्वास्थ्य र कल्याणको कामना गरेका हुन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ।।’

उक्त श्लोकको भावार्थ खुलाउँदै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । ‘सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्,’ बालेनले भनेका छन्, ‘नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

नयाँ वर्षको पहिलो दिन आज राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिने क्रम जारी छ । सोही सन्दर्भमा प्रधानमन्त्री शाहले पनि संस्कृत श्लोकमार्फत सबैको भलाइको कामना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्