Logo
Logo

पूर्णबहादुर खड्कालाई गगनको जवाफ : अद्यावधिक नगरे क्रियाशील सदस्यता रहँदैन


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको जिम्मेवारीमा रहेकाले लचिलो र विनम्र भएर सबैलाई समेटेर लैजाने प्रयासलाई  कमजोरीको रूपमा नलिन चेतावनी दिएका छन् ।

मङ्गलवार पार्टीको जरा अभियान र क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमको सुरुवात गर्दै थापाले पार्टी विधान विपरीतका कार्य स्विकार्न नसकिने बताए । 

उनले भने, ‘पार्टीको जिम्मेवारीमा रहेकाले लचिलो र विनम्र भएर सबैलाई समेटेर लैजाने प्रयासलाई कसैले पनि कमजोरीको रूपमा नलिनुहोला । पार्टीको विधान र अनुशासन भन्दा बाहिर गएर गरिने कुनै पनि कार्यलाई स्विकार्न सकिँदैन ।’ 

पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्दा आफू सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले पार्टीको विधान र अनुशासनभित्र रहेर काम गर्न सबै नेता कार्यकर्तालाई आग्रह गर्दै सहयोग गर्नेलाई धन्यवाद दिए र अवरोध गर्नेलाई सचेत गराउने बताए । 

थापाले आगामी वैशाख १५ गतेभित्रमा देशैभरका वडा तहमा क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गरिसक्नुपर्ने बताए ।

क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई डिजिटलाइज गरिसकेको जानकारी दिए । उनले सदस्यता नवीकरण गर्दिन भन्ने पार्टी सदस्य योग्य नहुने बताए । ‘जसले म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दिन भन्छ, उनीहरू पार्टीको सदस्य रहन योग्य छैनन्,’ थापाले भने । 

हिजो पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका थिए । फेरि सदस्यता अद्यावधिक गर्न लागेकोप्रति देउवा पक्षको आपत्ति छ ।

थापाले पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ को आवश्यकता रहेको बताउँदै थापाले त्यसको सुरुवात आजबाट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्