Logo
Logo

रासायनिक मल कारखाना स्थापना गर्ने सरकारको प्रतिबद्धता


315
Shares

काठमाडौं । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दलका घोषणापत्रमा आधारित रहेर राष्ट्रिय प्रतिबद्धतापत्र मस्यौदा सार्वजनिक गर्दै सरकारले कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी भारतसँगको व्यापार सम्झौता तथा नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपज उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत, कानुनी र भन्सार सुधारका काम गर्ने भनेको छ ।

The current image has no alternative text. The file name is: mall.jpg

कृषि उद्यम तथा उद्योगलाई विशेष प्राथमिकता दिई कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहन उपाय अवलम्बन गरिने उल्लेख गरिएको छ । भूउपयोग योजना पुनरावलोकन गरी बाँझो कृषि जग्गा उपयोग सहित चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरिने समेत सरकारको प्रतिबद्धता छ ।

कृषि नै प्रमुख पेसा र कर्म हो भन्ने मनोविज्ञान विकास गरी यसलाई सम्मानजनक र सुरक्षित बनाउन किसान क्रेडिट कार्ड, बीमा र सहुलियत ऋण उपलब्ध गराउने घोषणा गरिएको छ ।

भूमिहीन, साना किसान र सीमान्तकृत वर्ग संरक्षणका साथै साना किसानलाई कृषि उपजमा आर्थिक अनुदान प्रदान गरिने भएको छ । योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, ऋण, सेवा सुविधा र सामाजिक सुरक्षा उपलब्ध गराइने समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्