
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहामा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका लम्कीचुहा नगरपालिका–७ गुलरामा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा लम्किचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना मगर र सोही ठाउँका २४ वर्षीय पुष्प सुनार दुवै जना गम्भीर घाइते भएका थिए ।
उपचारका लागी टीकापुर अस्पताल लगिएको थियो । तर उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाइस चालकको खोजी भइरहेको छ भने गाडीधनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।











