
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । मंगलबार पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो ।
आज नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित हो । यसअघि अनुशासन समितिको बैठक बोलाइएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित भएको सभापति गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यसै विषयमा निर्णय गर्न अनुशासन समितिको बैठक बस्न लागेको स्रोत बताउँछ











