Logo
Logo

अमेरिकी नौसेनाद्वारा इरानी बन्दरगाहबाट आठवटा तेल ट्यांकर फिर्ता


3.3k
Shares


एजेन्सी । अमेरिकी नौसेनाले इरानसँग सम्बन्धित आठवटा तेल ट्यांकरलाई फिर्ता पठाएको छ । इरानविरुद्ध समुन्द्री नाकाबन्दी घोषणा गरेको अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने जहाजहरूलाई रोकेको हो ।

दि वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी नौसैनिक बलले रेडियोमार्फत जहाजका चालक दललाई सम्पर्क गरेर दिशा परिवर्तन गर्न निर्देशन दिएको थियो । सबै ट्यांकरहरूले उक्त आदेश पालना गरेका थिए, र कुनै पनि जहाजमा चढेर नियन्त्रण लिनुपर्ने अवस्था आएको थिएन ।

यो कदम इरानमाथि दबाब बढाउने अमेरिकी समुद्री नाकाबन्दीको हिस्सा मानिएको छ । पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएपछि अमेरिकाले इरानविरुद्ध नाकाबन्दी घोषणा गर्दै इरानी बन्दरगाहमा कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्