Logo
Logo

जनताको अपार आशा पूरा गर्न सकेनौँ : झलनाथ


252
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जनताको अपार आशा पूरा गर्न नसकेको बताएका छन् ।

पार्टीको जारी बैठकमा निर्वाचन समीक्षाको अलग्गै दस्तावेज पेश गर्दै उनले जनताले वामपन्थी शक्तिसँग गरेको अपार आशा पूरा गर्न नसक्नु नै फागुन २१ को निर्वाचनमा पराजयको कारण भएको ठहर गरेका हुन् ।

‘२०७४ को निर्वाचनपछि बनेका करिब दुईतिहाइ बहुमत भएको शक्तिशाली वामपन्थी सरकारका काँधमा रहेका दायित्वहरू थिए । सरकार बनेपछि जनआन्दोलन र सशस्त्र संघर्ष दुवै क्रममा पीडित भएका जनताको आशा अपेक्षा चुल्लिएको थियो,’ उनले भनेका छन्, ‘गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा यी– सात कुरा प्राप्त हुने जनताको अपार आशा थियो ।’

उनले भदौ २३ र २४ को जेन–जी आन्दोलनको महाविध्वंसको रापताप अनि देशी–विदेशी शक्तिहरूको आड, भरथेग र उच्च प्रविधिको प्रयोगसमेतका कारण रास्वपाले विजय प्राप्त गरेको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्