Logo
Logo

गण्डकीमा एमालेबाट को-को बने नयाँ मन्त्री ?


2.2k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले आज नयाँ मन्त्रीहरु नियुक्त गरेका हुन् ।

जसमा एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । मन्त्रीहरुको आजै शपथको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्