
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का नेता सन्तोष परियारले आफुले पार्टी नछाडेको बताएका छन् । पछिल्लो केहि दिनयता प्रलोपा छाडेको चर्चा चलिरहेका बेला नेता परियारले आफुले पार्टी नछाडेको बताएका हुन् ।
उनले भने, ‘निर्वाचनपछि समीक्षा भएको छैन । छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने ढङ्गले मैले ह्वाट्सएप ग्रुपमा लेखेको थिए । तर राजीनामा दियो भन्ने ढङ्गले प्रचार गरियो, त्यस्तो होइन ।’
उनले अन्य नेताहरूले राजीनामा दिएको विषयमा छलफल गर्नको लागि पार्टी बैठक बस्ने तयारी भइरहेको बताए । उनले थपे, ‘हामी चाँडै बैठक बस्दै छ । बैठकले थप निर्णय लिन्छ ।’ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा गठित प्रलोपा ६ महिनामै छिन्नभिन्न हुनेतिर अघि बढेको छ ।
तत्कालीन माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपा छाडेर आएका परियार र नेसपा (नयाँ शक्ति) मिलेर बनेको प्रलोपा अहिले भद्रगोल अवस्थामा पुगेको हो ।
फागुन २१ को प्रतिनिधि सभाको चुनावमा एक सीट पनि जित्न नसकेपछि प्रलोपाका शीर्ष नेताहरूले पार्टी छाड्ने लहर नै चलेको छ । प्रलोपाका अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती, दुर्वा सोव र ओजस्वी भट्टराईले पदबाट राजीनामा दिइसकेका छन् ।यहीबीच सन्तोषले पनि राजीनामा दिएको चर्चा चलिरहेको छ ।











