Logo
Logo

छठका अवसरमा हुने कार्यक्रममा राष्ट्रपति नजाने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा हुने कार्यक्रममा सरिक नहुने भएकी छन् ।
राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुँदै आएकी थिइन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गइनन् ।

प्रतिक्रिया दिनुहोस्