Logo
Logo

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो


630
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरी डिजेल मट्टितेलमा प्रति लिटर ३० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

The current image has no alternative text. The file name is: oile.gif

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा डिजल-मट्टीतेल प्रतिलिटर २३७ पर्ने भएको छ । निगमले मूल्य समायोजन पछि पनि डिजलमा प्रति लिटर ९९.१६ रुपैयाँ घाटा रहेको जनाएको छ ।   

त्यस्तै हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ५ रुपियाँले बढेको छ । 

निगमले यो समायोजन पछि निगमलाई पाक्षिक रूपमा ५ अर्ब ७५ करोड घाटा रहेको बताएको छ । निगमले पेट्रोल र एलपी ग्याँसको मूल्य भने यथावत् राखेको छ ।

प्रतिक्रिया दिनुहोस्