Logo
Logo

रास्वपाको संसदीय दलको बैठक बस्दै : संसदीय समितिका सभापति चयनबारे छलफल हुने 


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक आज बस्दै छ । रास्वपाको संसदीय दलको बैठक आज सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२: १५ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

The current image has no alternative text. The file name is: rasapa.jpg

महामन्त्री बुर्लाकोटीकाअनुसार संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल हुन बैठक बोलाइएको छ ।

प्रतिनिधि सभाअन्तर्गतका विषयगत १० समितिका सभापतिको निर्वाचन वैशाख ४ गते शुक्रवार हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्