Logo
Logo

संसदीय समिति सभापतिको मनोनयन दर्ता आज


0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार मनोनयन दर्ता दिउँसो १ देखि ४ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ ।

त्यस्तै आजै साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ । समिति सभापतिको निर्वाचन भने शुक्रबार १ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्