Logo
Logo

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा न्यायाधीश सुवेदी र निरौलाको इजलासमा


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ । विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक भन्दै शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सुनुवाइका लागि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ ।

यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो । उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो ।

प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

सर्वोच्च अदालतले निर्वाचन आयोग र अन्य विपक्षीलाई किन देउवापक्षले माग गरे अनुसारको आदेश दिन नपर्ने हो भन्ने प्रश्नको जवाफ लिखितरूपमा १५ दिनभित्र दिन आदेश गरेको थियो। सबै विपक्षीले लिखित जबाफ पेस गरिसकेका छन्।

निर्वाचन आयोगले गगन थापा सभापति चयन भएको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा–खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए । देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै थागा नेतृत्वको कार्यसमितिलाई भंग गर्नुपर्ने रिटमा पहिलो माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्