Logo
Logo

डा‍.संगिता मिश्रासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै


504
Shares

काठमाडौं । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा‍.संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८२ कात्तिक २ गते स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मिश्रासहित स्वास्थ्य सेवाको व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा, निर्देशक विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा.सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रालिका संस्थापक–सञ्चालक सुन्दर भुसाल लगायत अन्य कर्मचारी र इन्जिनियरहरू विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।

मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्दादेखि भुक्तानी दिँदासम्म मिलेमतो गरी राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी नोक्सानी पु¥याएको अभियोग छ । ठेक्का प्राप्त गर्ने म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रालिको संस्थापक सुन्दर भुसाल संस्थापक रहेको अर्को कम्पनी शुभ बायोमेडिकल कन्सर्न प्रालिबाट दररेट मगाई त्यसैलाई आधार मानेर लागत अनुमान तयार गरिएको, जुन अस्वाभाविक रूपमा बढी थियो ।

प्रतिक्रिया दिनुहोस्