Logo
Logo

रास्वपालाई प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार लेबी बुझाउनुपर्ने


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र उनीहरूका स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी निर्धारण गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री, सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको गरेको हो । 

प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार, सांसदहरूले मासिक १६ हजार ५ सय र  उनीहरूका स्वकीयले २ हजार लेबी पार्टीमा बुझाउनुपर्ने छ । रास्वपाका १८२ जना सांसद रहेका छन् भने मन्त्री १६ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्