Logo
Logo

संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्छः रवि लामिछाने


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई मर्यादित र सक्रिय रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

संसदीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदको प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन गर्नु रहेको उल्लेख गरे ।

उनले सदन विवेकपूर्ण ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । साथै, सभामुखको भूमिका पनि सकारात्मक रहने अपेक्षा राखे । यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरू अन्त्य गर्ने अवसर रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने चर्चाबारे प्रतिक्रिया दिँदै लामिछानेले सार्वजनिक पदमा रहेका सबै व्यक्ति छानबिनको दायरामा पर्ने स्पष्ट पारे । उनले छानबिन आयोग गठन भइसकेको र त्यसको कार्यक्षेत्र (टिओआर)भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्