काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।
छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने छ । यसअघि संयोजक रसाइलीले शुक्रवार (४ चैत) मा कांग्रेसले दलको नेता चयन गर्ने कार्यतालिका रहेको जानकारी दिएका थिए ।
उनले २ चैतमा निर्वाचन कार्यतालिका प्रकाशित हुने पनि बताएका थिए । तर, कांग्रेसले कार्यतालिका भने ल्याएको छैन । कांग्रेस दलको नेताका लागि भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यसहितका सांसदहरू दौडमा छन् ।











