Logo
Logo

गृहमन्त्री सुदनले बोके इन्स्पेक्टर लामाको शव


1k
Shares

काठमाडौं । तार्केश्वर नगरपालिकामा ट्रकको टक्करबाट मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन् । स्वयम्भूमा दाहसंस्कार कार्यक्रममा पुगेका गृहमन्त्री गुरुङले लामाको शव बोकेका छन् ।

चैत २९ मा तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामाले चलाएको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा ड्यूटी सकेर घर फर्किनेक्रममा ट्रकले ठक्कर दिएको थियो ।

इन्स्पेक्टर लामाको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि आज उनको दाहसंस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्