Logo
Logo

सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्छु : सभापति खड्का


441
Shares

काठमाडौं । नवनिर्वाचित सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले जनतालाई सहज रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन सहजीकरण गर्ने बताएका छन् । समिति सभापतिमा निर्विरोध निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै खड्काले सार्वजनिक सेवा प्रवाहमा सहजीकरणमा आफूले भूमिका खेल्ने बताएका हुन् ।

उनले भने, ‘काम नगरेर बस्नेलाई अब छुट छैन । विभिन्न बहानामा बस्नेलाई छुट छैन । अब परम्परा तोडिन्छ । लेखाले अख्तियारले र सतर्कता केन्द्रले समाउँछ कि भने हुँदैन । मौजुदा कानुन, ऐनको परिधिमा बसेर समयमा काम गर्नुपर्छ । जनताले सेवा पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्