Logo
Logo

एक हप्ताभित्र इन्धन मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी


504
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।

The current image has no alternative text. The file name is: durgaprasai.jpg

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सुरु गरिने बताए। उनले आन्दोलन महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा सञ्चालन हुने जानकारी पनि दिए।

यसै क्रममा उनले विद्यार्थी संगठन खारेज गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिए। “विद्यार्थी संगठन किन आवश्यक रहेछ भन्ने कुरा आवाज उठाउने माध्यम भएकाले प्रस्ट हुन्छ,” उनले भने।

विगतमा सामान्य मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको उल्लेख गर्दै उनले अहिले ठूलो परिमाणमा मूल्य बढ्दा पनि विद्यार्थी संगठनहरू मौन बसेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्