Logo
Logo

आत्मसमीक्षा बिना ‘वाम एकता बहस’ अर्को खतरा : विष्णु पौडेल


693
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा पार्टीले भोगेको पराजयलाई गम्भीर समीक्षा गरी पुनर्गठनमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्र र बाहिरबाट उठाइँदै आएको ‘वामपन्थी एकता’ सम्बन्धी बहसप्रति प्रश्न उठाउँदै त्यसको समय सान्दर्भिक नभएको बताएका हुन् । 

The current image has no alternative text. The file name is: Bishnu-Poudel.jpg

निर्वाचनमा देखिएको परिणाम एमालेका लागि चिन्ताजनक भएकाले अहिलेको मुख्य कार्यसूची गहिरो आत्मसमीक्षा र सङ्गठन सुदृढीकरण हुनुपर्ने उनको भनाइ रहेको छ । उनले लेखेका छन्, ‘पराजयको वास्तविक कारण के हो रु भन्नेबारे स्पष्ट विश्लेषण नगरी अन्यत्र ध्यान मोड्नु उचित हुँदैन । 

उपाध्यक्ष पौडेलले यतिखेर ‘वाम एकता’ को चर्चा अघि सारिनु पर्दाभित्रको नियोजित प्रयास हुनसक्ने आशङ्का व्यक्त गरे । ‘यो बहस कसले र किन चलाइरहेका छन् ? भन्ने प्रश्न उठ्छ’, उनले लेखेका छन्, ‘जब पार्टीलाई आफ्नो सङ्गठन मजबुत बनाउनुपर्ने बेला छ, त्यतिबेला असान्दर्भिक विषय उठाउनुको उद्देश्य के हो भन्ने स्पष्ट हुनुपर्छ ।’

उनले एमालेभित्र आन्तरिक एकता, कार्यकर्ता परिचालन र जनविश्वास पुनःस्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । साथै, जनतासँगको सम्बन्ध सुदृढ गर्दै आगामी राजनीतिक यात्राका लागि पार्टीलाई तयार पार्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्