काठमाडौं । पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी २० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

रुवाण्डामा भएको टसमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै अमेरिकाले पहिला ब्याटिङ गर्नेछ ।
नेपालको प्लेइङ-११ मा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, विकेट किपर रोमा थापा, बिन्दु रावल, कविता जोशी, कविता कुँवर, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, रुविना क्षेत्री र सम्झना खड्का रहेका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले एसोसिएट देशको महिला क्रिकेट विकासका लागि सुरुआत गर्न लागेको हो ।
प्रतियोगितामा नेपाल, अमेरिका, भानुआटु, रुवान्डा र इटलीका महिला टिमको सहभागिता छ । प्रतियोगिता डबल राउन्ड रोविन लिगका आधारमा हुने र लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा हासिल गर्ने टोली विजेता बन्नेछ ।











