Logo
Logo

खड्काले बोलाए १४औँ महाधिवेशनका पदाधिकारी र सदस्यहरूको बैठक


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

The current image has no alternative text. The file name is: khadka.gif

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा भोलि आइतबार सवा १२ बजेका लागि बैठक बोलाइएको हो । उपत्यकामा उपलब्ध १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागिएको खड्काको सचिवालयले जनाएको छ । 

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शुक्रवार निर्णय दिएको थियो । गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको विशेष महाधिवेशनलाई गत माघ ४ गते निर्वाचन आयोगले वैधानिकता दिएपछि खड्का सर्वोच्च अदालत गएका थिए ।

अदालतले आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि खड्का पक्ष शनिवार पनि छलफलमा जुटेको छ ।

गोल्फुटारस्थित खड्कानिवासमा आज पनि बैठक बस्यो । बैठकमा खड्कासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा। शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहित नेताहरू एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक लगायत सहभागी छन् । डा. शेखर कोइराला र उनी पक्षधर नेता भने बैठकमा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्