Logo
Logo

रास्वपाले बोलायो सचिवालय बैठक


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गरेका छन् । बैठक आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने छ । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

पार्टीको साङ्गठनिक विस्तार र महाधिवेशनको तयारीसहित सचिवालय बैठकका लागि ६ वटा मुख्य एजेन्डा तय गरिएको छ । बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुनुका साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने छ । त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैङ्क खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ । 

पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा पनि सचिवालयले निर्णय लिनेछ। रास्वपाले यसपटक नयाँ प्रयोग गर्दै ‘विज्ञहरूको आह्वान’  र ‘योजनाहरूको आह्वान’लाई पनि बैठकको मुख्य एजेन्डा बनाएको छ। 

यसका साथै विविधअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको सङ्गठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेवीका विषयमा पनि विस्तृत छलफल हुने झाले बताए । 

प्रतिक्रिया दिनुहोस्