Logo
Logo

आइपिएलमा बैंगलुरुमाथि दिल्ली ६ विकेटले विजयी


1.2k
Shares

काठमाडौं । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ ।

बैंगलुरुले दिएको १७६ रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि ट्रीसटान स्टब्सले अविजित ६० रन बनाएका थिए भने केएल राहुलले ५७ रनको योगदान दिएका थिए ।    

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

बैंगलुरुका लागिफिल साल्टले ६३, टिम डेविडले २६ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर लुंगी एन्गीडी, कुलदीप यादव र अक्सर पटेलले २-२ विकेट लिएका थिए । 

यो जितपछि दिल्लीको ५ खेलमा ६ अङ्क भएको छ भने बैंगलुरुको ६ खेलमा ८ अङ्क रहको छ ।

प्रतिक्रिया दिनुहोस्