
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको निर्वाचन समीक्षा गर्न विस्तारित बैठक बोलाएको छ । पार्टी सभापति गगन थापाको प्रमुख आतिथ्यमा धुम्बाराहीस्थित सूर्य क्याटरिङमा दिउँसो १२ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा काठमाडौंमा रहेका महानगर, नगर र सम्पूर्ण सभापतिलाई बोलाइएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम पार्टीका निम्ति प्रतिकुल हुनुका कारणबारे बैठकमा छलफल हुने छ । त्यस्तै बैठकलाई सभापति थापाले निर्देशनात्मक सम्बोधन गर्ने तयारी छ ।
बैठकमा काठमाडौँ महानगरसहित दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरका सभापति तथा ती पालिकाअन्तर्गत सबै बुथ कमिटीका सभापतिहरुलाई बैठकमा अनिवार्य उपस्थितिका निम्ति खबर गरिएको छ ।











