Logo
Logo

वीरगन्जमा सडक मापदण्डभित्र नपरेका घर टहरा हटाइयो


378
Shares

काठमाडौं । पर्साको वीरगन्जमा आइतबार बिहानै डोजर चलेको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक  विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा सडक मापदण्डभित्र नपरेका घर टहरा हटाउन डोजर चलाइएको हो । 

सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ थान उपकरण र वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरी अतिक्रमित घर टहरा हटाइएको हो । 

यसअघि सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिवार माइकिङमार्फत सम्बन्धित पक्षहरूलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्