
काठमाडौं । गुण्डागर्दीमा संलग्न आरोपमा निरे भनेर चिनिने निराजन पौडेल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई प्रहरीले वैशाख ३ गते पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले पौडेलमाथि अनुसन्धान भइरहेको जानकारी दिए । पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप छ ।
यसअघि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।











