Logo
Logo

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साङ्गठनिक सुदृढीकरणका लागि जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

यसअघि बसेको सचिवालय बैठकमा जिल्ला अधिवेशनका लागि आवश्यक कार्यविधि र प्राविधिक तयारीबारे विस्तृत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्